आज हामी कुरा गर्ने छौँ Random को बारेमा। केहो Random? सबैलाई थाहा छ। कसरी र किन प्रयोग गर्ने जान्नका लागि यो पोष्ट अन्तिम सम्म पढ्नुहोला।
Random एउटा Java class हो
।प्रोग्रामिङ्मा Random को निकै ठुलो भुमिका हुन्छ। 1 देखि 10 सम्मको कुनै एउटा नम्बर प्रिन्ट गर्नुपरेमा Random को प्रयोग गरिन्छ। त्यस्तै धेरैओटा भनाईहरु एक ठाउँमा राखेर एकपटक युजरले हाम्रो प्रोग्राम run गर्दा कुनै एउटा random भनाई प्रिन्ट गर्नुपरेमा Random को प्रयोग गरिन्छ।
कसरी प्रयोग गर्ने?
यसको लागि सर्वप्रथम Random क्लास import भएको हुनुपर्छ। Scanner class लाई import गर्दा जस्तो Compiler ले सानो बक्समा दिएको suggestion थिचेर तपाईँले Random क्लास सजिलै import गर्न सक्नुहुन्छ।
Import गरिसके पछि main function भित्र गएर तलको कोड लेख्नुहोस्।
1. Random r = new Random();
2. int randomNumber = r.nextInt(10);
3. System.out.println(randomNumber);
कसरी ??
यहाँ , पहिलो लाईन Constructor हो। Random भनेको Java class हो। त्यसलाई हामीले r नाम दियौँ। त्यसपछि int भनेको Integer र randomNumber हामीले दिएको नाम। त्यसपछिको r माथिकै लाईनबाट आएको हो र nextInt() भनेको Scanner class को जस्तै हो जसले चाहीँ integer हो भन्ने जनाउँछ। nextInt() भित्रको नम्बरले कति सम्मको random number निकाल्ने भनेर जनाउँछ। अहिलेको case मा 10 छ जसले 0 देखि 9 सम्मको random number निकाल्छ। यदि तपाईँ 1 देखि 10 सम्मको random number प्रिन्ट गर्न चाहानुहून्छ भने nextInt(10); देखि ठिक मुनीको लाईनमा randomNumber++; लेख्नुहोस् जहाँ randomNumber हामी ले दिएको नाम हो। ++ ले increment जनाउँछ र अन्तिममा सेमिकोलोन त चाहिन्छ नै।
त्यसपछिको लाईनले हाम्रो random number लाई प्रिन्ट गर्छ।
पुरा कोड तलको फोटोमा हेर्नुहोस्।
यदि तपाईँले यो लाईन बुझ्नुभएन भने यहाँ हेर्नुहोला। केही सल्लाह, सुझाव तथा प्रतिकृया भए कमेन्ट गर्नुहोला। हाँस्ने मन भए हाम्रो तलको पेज लाईक गर्नुहोला। धन्यवाद।

0 Comments