SuBi Technologies को java programming tutorial मा आज हामी आफ्नो नाम कसरी प्रिन्ट गर्ने भनेर सिक्न गइरहेका छौँ।
Java N-IDE खोल्नुहोस्, तपाईँले तल दिईएको जस्तै interface देख्नु हुन्छ।
![]() |
| Java N-IDE |
'File' मा थिच्नुहोस्, 'new' रोज्नुहोस् र 'New java console project' रोज्नुहोस। तपाईँले यस्तो interface देख्नुहुन्छ।
Project name भनेको तपाईँको प्रोजेक्टको नाम, यसले केही असर गर्दैन। एउटा नाम दिनुहोस्।
Main class name भनेको java class को नाम हो जुन main हुन्छ। तपाईँले जे पनि नाम दिन सक्नुहुन्छ। यो नाम राख्दा space (खालीठाउँ) दिन पाईँदैन र दुईओटा शब्द जोड्नुपरे तल दिएजस्तो गर्नुपर्छ।
जस्तै:- तपाईँले 'print my name' लेख्नुपर्यो भने 'PrintMyName' लेख्नुपर्छ जसलाई camel casing भनिन्छ।
Package name तपाईँको प्रोग्रामलाई चिन्नको लागि प्रयोग हुन्छ।
जस्तै :- तपाइँले एउटा प्रोग्राम लेख्नुभयो जसको main class नाम थियो PrintName र त्यो प्रोग्राममा तपाईँले आफ्नो नाम प्रिन्ट गर्नुभयो। त्यस्तै अर्को प्रोग्राममा main class name 'PrintName' नै राखेर तपाईँले अर्को नाम प्रिन्ट गर्नुभयो भने तपाईँको पहिलेको प्रोगाम हट्छ र त्यसको ठाउँमा दोस्रो प्रोग्राम गएर बस्छ। तर सबैथोक उस्तै छ तर package name फरक छ भने यस्तो हुँदैन।त्यसैले तपाईँको package name अरुको सँग नमिल्ने र हरेक प्रोग्रामको लागि छुट्टा छुट्टै हुनुपर्छ।
तिनओटै खालीठाउँ भर्नुहोस्: (हरेक प्रोग्रामको लागि तिनओटै नाम छुट्टै भरेको राम्रो)
Project name: Name
Package name: com.subitech.java.name
(Package name लेख्दा तपाईँले . ले जोडेर लेख्नुपर्छ र तपाईले सुरुमा आफ्नो वा आफ्नो कम्पनिको नाम लेख्दा हुन्छ । जस्तै:- नाम प्रिन्ट गर्ने प्रोग्रामको लागि suresh.name लेख्नुहोस् र जात प्रिन्ट गर्न suresh.cast। यसरी तपाईँले नाम परिवर्तन गर्दै जाँदा हुन्छ।)
Main class name: MyName
अब ok थिच्नुहोस्। तपाईँले केही कोड देख्न सक्नुहुन्छ ।
सबैभन्दा सुरुमा तपाईँको package name हुन्छ। त्यसपछि main function हुन्छ ।
Java को main function यस प्रकार रहेको छ:-
public class Name {
public static void main(String[] args) {
}
}
main function सबै java प्रोग्राममा हुनै पर्छ। main function सबै प्रोग्रामका लागि एउटै हुन्छ तर 'public class' पछिको नाम भने तपाईँको main function name मा राखिएको नाम हुनुपर्छ। तपाईँले प्रोग्राम run गर्दा यही main function को output आउँछ।
कसरी काम गर्छ यो कोडले?
सबै भन्दा सुरुमा तपाइँको package name हुन्छ। त्यसपछि को लाईनमा public class Name छ जुन class को नाम राखिएको मात्र हो । public चाहीँ त्यो class लाई बाहिरबाट पनि Access गर्न सकियोस भनेर लेखिएको हो।
मझौला ब्राकेट {} चाहीँ container हो।
त्यसपछि छ public static void main (String[] args) . यसमा public त बुझिहाल्नुभयो। static चाहीँ यो प्रोग्रामलाई कुनैपनि object बिनानै लोड गर्न सकियोस् भनेर लेखिएको हो।
void ले यो function ले कुनै पनि value return गर्दैन भन्ने जनाउँछ।
main भनेको function को नाम हो जुन मुख्य function हुन्छ ।
अनि यो सानो ब्राकेट () जसलाई parenthesis पनि भनिन्छ, त्यो भित्रको रहस्य यसप्रकार छ:-
String भनेको कुनै अक्षर वा शब्द । जस्तै: Hello. यो पाँचओटा character को String भयो।
NOTE:- प्रोग्राममा 'String' लेख्दा S लाई जहिले पनि capital (ठुलो) लेख्नुपर्छ।
अनि ठुलो ब्राकेट [] ले चाहि array (अरे) लाई जनाउँछ।array लाई container को रुपमा लिन सकिन्छ। String[] भनेको String हरुको array हो जसमा तपाईँले String को value राख्न सक्नुहुन्छ। हामी array को बारेमा पछि चर्चा गर्ने छौँ।
args एउटा नाम हो।
त्यसपछिको मझौला ब्राकेट { ले main function सुरु भएको जनाउँछ र अन्तिमको } ले सकिएको जनाउँछ। कूनैपनि कार्य गर्नका लागि यही main function भित्र प्रोग्राम लेख्नुपर्छ।
Java मा कुनै पनि कुरा प्रिन्ट गर्नुपरेमा System.out.print को प्रयोग गरिन्छ।त्यसैगरी नयाँ लाइनमा प्रिन्ट गर्न System.out.println को प्रयोग गरिन्छ । ln (एल एन) ले नयाँ लाईन् जनाउँछ। यदि तपाईँले C प्रोग्रामिङ् सिक्नुभएको छ भने , Java मा पनि C मा जस्तै printf को प्रयोग गर्न सकिन्छ तर त्यो भन्दा अगाडी System.out लेख्नै पर्छ। यानी System.out.printf लेख्नुपर्छ।
Main function भित्र यानी ( String[] args) { भित्र गएर System.out.print("Hello, World"); लेख्नुहोस्।
ध्यान दिनुहोला, प्रिन्ट गर्नुपर्ने नाम "" भित्र लेख्नुपर्छ र अन्तिममा सेमिकोलोन (;) छुटाउनु हुँदैन। यो ; (सेमिकोलोन) को अर्थ एउटा वाक्य सकियो भन्ने हुन्छ।
बधाई छ, तपाईँले आफ्नो नाम Java को प्रयोग गरेर प्रिन्ट गर्न सिक्नु भयो। नतिजा हेर्न Java N-IDE को माथि भएको त्रिभुजाकार icon मा थिच्नुहोस ज
सको अर्थ run हुन्छ। त्यसपछि केहीबेरमै तपाईँले आफ्नो नाम प्रिन्ट भएको देख्न सक्नुहुनेछ।
![]() |
| Output |
पुरा प्रोग्राम:-
package com.subitech.java.printname;
public class PrintName {
public static void main(String[] args) {
System.out.println("SuBi Technologies Nepal");
}
}
केही नबुझेको भए अवश्य सोध्नुहोला।
यस पछिको भागमा हामी User बाट input लिएर त्यसलाई कसरी प्रिन्ट गर्ने भनेर सिक्छौँ। धन्यवाद।
Programmer भएकोमा गर्व गर्नुहोस् किनकी Programmer ले जे पनि गर्न सक्छ।
WE CAN CHANGE THE WORLD. hAppy cOding



0 Comments