के तपाईँको मोबाईलमा भएको क्यामेराले नजिकैको वस्तु/अक्षर धमिलो देखाउँछ?
महङ्गा र राम्रो गुणस्तर भएका मोबाईलमा त यस्तो समस्या नहुन सक्छ तर प्राय साधारण एन्ड्रोइड मोबाइलमा यस्तो समस्या हुन्छ । टाढाको फोटो राम्रो निकाले पनि नजिकैको वस्तु वा कुनै अक्षर नचिनिने गरी धमिलो बनाएर फोटो निकाल्ने मोबाईलको समाधान तल हेर्नुहोस्।
![]() |
| Before |
![]() |
| After |
किन हुन्छ समस्या?
जसरी हाम्रो आँखाले आँखा भन्दा निश्चित दुरी (25 से.मी.) वा सो भन्दा पर रहेको वस्तुलाई मात्र राम्ररी फोकस गर्छ त्यसरी नै क्यामेराको पनि लेन्स अनुसार एउटा निश्चित 'नजिकको दुरी' हुन्छ ।त्यो दुरी भित्रको वस्तुको फोटो धमिलो आउँछ किनकी क्यामेराले फोकस गर्न सक्दैन। अनि के हामीले सोही क्यामेरा प्रयोग गरेर 'नजिकको दुरी' भन्दा नजिकको वस्तुलाई फोकस् गर्न सक्दैनौ त? हाम सक्छौँ ।
समाधान:
अलिकति पानी लिनुहोस्। औँलाको सहयोगले पानी निकालेर मोबाईलको क्यामेरामा लगाउनु होस्। अब क्यामेरा अन गरेर नजिकैको वस्तुलाई फोकस गर्नुहोस्। बधाई छ, तपाईँको क्यामेराले नजिकको दुरी भन्दा नजिकैको वस्तुलाई पनि फोकस गरेको छ। तर याद गर्नुहोला पानी सुकेपछि तपाईँको क्यामेरा पहिलेकै अवस्थामा आउँछ। त्यही पनि पानी त सबैतिर पाईन्छ त्यसैले मलाई लाग्छ यो उपाय निकै उपयोगी हुन सक्छ।
क्यामेराले पानी लगाए पनि फोकस गरेन??
यो समस्या सामान्य हो। यदि तपाईँले पानी लगाउँदा मिलेन भने राम्ररी फोकस गर्न सक्दैन । समाधानका लागि क्यामेरामा लगाएको पानीलाई औलाले चलाउनुहोस्।
यदि तपाईँले माथि उल्लिखित कुराहरुमा केही त्रुटी फेला पार्नु भयो वा केही कुरा बुझ्नु भएन भने कमेन्ट बक्स र contact form को माध्यमबाट हामीलाई जानकारी गराउन सक्नुहुन्छ ।
यदि तपाईँले केही पनि बुझ्नुभएन भने तल दिईएको भिडियो हेर्नुहोला।


0 Comments