नमस्कार,
SuBi Technologies को Java programming कोर्षमा तपाईँलाई स्वागत छ।
यस कोर्षमा हामी जाभा प्रोग्रामिङ्ग सुरु देखि नै सिकाउने कोसिस गर्ने छौँ। ध्यान दिएर सिक्नुहोला।
के हो Programming??
सरल भाषामा भन्दा Programming भनेको कम्प्युटरलाई काम लगाउनु हो। हामीले कम्प्युटरमा केही कुरा लेख्छौँ र कम्प्युटरले त्यसै अनुसार काम गर्छ। प्रोग्रामिङ्गको मद्दतले साना देखि लिएर ठुल्ठुला र सरल देखि लिएर जटिल कामहरु सजिलै गर्न सकिन्छ। आजको जमानामा हेर्ने हो भने प्राय जुनसुकै काममा पनि कुनै न कुनै रुपमा प्रोग्रामिङ्को प्रयोग भईरहेको हुन्छ। कम्पनीको डाटा व्यवस्थापन देखि लिएर वेबसाइट र सफ्टवेयर निर्माण लगायतका काम पनि प्रोग्रामिङ्गबाट नै गरिन्छ। त्यसैले मलाई लाग्छ, आजको जमानामा सबैले प्रोग्रामिङ्ग सिक्दा केही बिग्रँदैन। :D
के हो programming language??
हामीले जुनसुकै भाषामा लेख्दा कम्प्युटरले नबुझ्ने भएकाले कम्युटरका लागि छुट्टै कम्युटर भाषाहरुको आविष्कार भएको छ जसलाई programming language भनिन्छ।प्रोग्रामिङ्ग भाषामा लेखेको शब्दलाई कोड अथवा प्रोग्राम (program) भनिन्छ। हाम्रो नेपाली भाषामा भएका व्याकरण लगायतका नियम जस्तै हरेक प्रोग्रामिङ्ग भाषामा पनि छुट्टा छुट्टै नियम हुन्छन्। जस्तै: नेपालीमा एउटा वाक्य सकेपछि पुर्णविराम दिनुपर्छ भने जाभा प्रोग्रामिङ्गमा सेमिकोलोन् (semicolon ";") दिनुपर्छ। c, c++, c#, java, python आदि कम्प्युटर भाषाका केही उदाहरण हुन्।
के हो Java?
Java एउटा platform independent object-oriented programming language हो। अर्थात तपाईँले कुनै एउटा प्लाटफर्ममा लेखेको program अरु थुप्रै प्लाटफर्ममा प्रयोग गर्न सक्नुहुन्छ ।Java लाई एकपटक लेखेर जताततै चलाउने प्रोग्रामिङ्ग (write once, run everywhere ) पनि भनिन्छ। Sun Microsystems नामक कम्पनीले सन् 1991 मा Java programming भाषा बनाएको हो। Native Android App Development (एन्ड्रोइड एप बनाउन) मा पनि जाभा नै प्रयोग हुन्छ।
Note: हामी जाभा पछि एन्ड्रोईड एप बनाउने कोर्स पनि लिएर आउने छौँ।
क-कसले सिक्न सक्छ?
यो कोर्ष प्रोग्रामिङ्गको "p" पनि नजान्ने महानुभावहरुको लागि तयार गरिएको हो र यसमा धेरै Advance कुराहरु समावेश गरिएको छैन। तपाईँहरुको साथ रहे Advance course पनि लिएर आउने छौँ। तलका बुँदामा सहमत भए तपाईँले जे पनि सिक्न सक्नुहुन्छ।
1.) भित्रै देखि म प्रोग्रामिङ् सिक्छु भन्ने भावना हुनु पर्यो किनकी आफ्नो ईच्छा नभएको क्षेत्रमा खुट्टा हाल्दा अड्किन सक्छ
2.) मिहिनेत गर्नुपर्छ
3.) हार मान्नु हुँदैन
4.) नयाँ नयाँ कुरा सिक्ने ईच्छा हुनुपर्यो
5.) आफुलाई up to date राख्न सक्नुपर्यो।
यदि तपाईँले पहिले नै जाभा प्रोग्रामिङ्ग सिकिसक्नु भएको छ र कुनै Reference course खोज्दै हुनुहुन्छ भने यो कोर्स तपाईँको लागि होईन।
के के चाहिन्छ?
खासै केही पनि चाहिँदैन। हजुर, तपाईँलाई यो कोर्षबाट जाभा सिक्न कुनै शक्तिशाली कम्प्युटर वा ल्यापटप चाहिँदैन। तपाईँले एन्ड्रोइड मोबाईलबाट नै सिक्न सक्नुहुन्छ। कम्युटरको पहुँच नभएका तर प्रोग्रामिङ्ग सिक्न चाहाने कै लागि यो कोर्ष तयार गरिएको हो। Google play store मा जानुहोस, Java N-IDE सर्च गरेर डाउनलोड गर्नुहोस् अनि भयो, तपाईँ जाभा प्रोग्रामिङ् सिक्न तयार हुनुहुन्छ।
![]() |
| Java N-IDE |
Java N-IDE एउटा java compiler हो। अर्थात् यसले हामीले लेखेको कोडलाई कम्प्युटरले बुझ्ने binary बनाउँछ र यो प्रोसेसलाई compile गरेको भनिन्छ। जब हामीले कुनै पनि जाभा प्रोग्राम compile गर्छौँ तब byetcode बन्छ। byetcode platform independent हुन्छ र यसले नै java लाई सुरक्षित र जुनसुकै platform मा चल्ने बनाउँछ।
यो त भयो परिचय। अर्को आर्टिकलदेखि हामी प्रोग्रामिङ्ग सुरु गर्ने छौँ। यो आर्टिकलमा केहि नबुझेका कुरा भेट्नुभयो भने कमेन्ट गर्नुहोला। त्यस्तै कुनै प्रश्न भएमा वा केही गल्ती भेटिएमा पनि हामीलाई जानकारी दिनुहोला।
धन्यवाद। Happy Coding.


0 Comments