आखिर के हो यो अजिनामोटा????? खान हुन्छ कि हुँदैन? सबैकुराको जानकारी लिन यो पोष्ट अन्तिम सम्म पढ्नुहोला।


Structure of monosodium glutamate 

 अजिनामोटा (वास्तविक नाम अजिनोमोटो) भन्ने खासमा एउटा जापानको कम्पनि हो। हामीले अजिनामोटा भनेर खाने सिजनिङ्ग यसै कम्पनिले बनाएको हो, यसलाई monosodium glutamate (मोनो सोडियम ग्लुटामेट) को नामले चिनिन्छ जुन एक non essential amino acid हो।

अजिनामोटा ग्लुटामिक एसिड (glutamic acid ) को सोडियम साल्ट ( sodium salt of glutamic acid ) हो ।
अर्थात् ग्लुटामिक अम्लको सोडियम लवण नै अजिनामोटा हो।

 तपाईँलाई थाहा छ? यसको प्रयोग सय बर्ष भन्दा अगाडी देखि भएको हो । जापानका एक जिव तथा रसायन बैज्ञानिक Kikunae Ikeda ले सन् 1908 मा अजिनामोटा बनाएका थिए र त्यो एउटा घटना थियो । उनले कोम्बु (Kombu) को कृतिम स्वाद बनाउन खोज्दा अजिनामोटा बनेको हो।

(विकिपिडिया अनुसार:- In 1908 , Japanese Bio-Chemist Kikunae Ikeda prepared monosodium glutamate while trying to isolate and duplicate savory taste of Kombu.)

 यसका भौतिक गुणहरु (some physical properties of monosodium glutamate- msg):-

1) colourless
2) odourless
3) freely soluble in water
4) insoluble in ether

 IUPAC NAMES:-
Glutamic acid :- 2-aminopentanedioic acid

 Monosodium Glutamate:- sodium-2-aminopentanedioate


 यो एउटा Excitatory neurotransmitter हो, अर्थात यसले आफ्नो असर फैलाउनका लागि nerve cells (स्नायु कोष) लाई stimulate (उत्तेजित) गर्छ। केही मानिसहरुको भनाई छ , यसले मस्तिष्कमा ग्लुटामेटको मात्रा  र  nerve cell यानि स्नायु कोषहरुको stimulation (उत्तेजना) पनि अत्यधिक बढाउँछ। त्यसैले यसलाई excitotoxin को रुपमा लिईन्छ। Excitotoxin ले nerve cells लाई बिगार्छ अथवा मार्छ ।

 यसको प्रयोगले टाउको दुख्ने , असजिलो (discomfort) महसुस हुने जस्ता popular beleif ( बिश्वाश ) छ जसलाई Chinese Restaurant Syndrome (CRS) भनिन्छ। तर यसको बारेमा भएको Double-blind टेष्ट बाट यस syndrome को कुनै प्रमाण भने भेटिएको थिएन । अजिनामोटा को प्रयोगले मोटोपन , दम , रेटिना ड्यामेज , कमजोरी ईत्यादि हुने बिश्वास छ । तर पनि कतिपय खोजले यस्ता समस्या आउने कुराको यकिन दिन सकेका छैनन् ।


Kikunae Ikeda को बारेमा हेर्नुहोस्।