SuBi Technologies को Java programming course मा आज हामी user बाट केही input लिएर त्यसलाई कसरी प्रिन्ट गर्ने भनेर सिक्न गइरहेका छौँ।

Java मा हामीले सजिलै user input लिएर थुप्रै काम गर्न सक्छौँ । अहिलेको लागि हामी user को input लाई जस्ताको तस्तै प्रिन्ट गर्नेछौँ ।

नयाँ Java console program बनाउनुहोस्। यदि आउँदैन भने यो भन्दा अगाडिको भाग यहाँ हेर्नुहोला।
तिनओटै खालीठाउँ भर्नुहोस् र Ok थिच्नुहोस्। तपाईँको लागि Java N-IDE ले पहिलेनै Java को main function लेखिदिएको हुन्छ।
अब user बाट केही input लिनको लागि हामीले एउटा java class लाई import गर्नुपर्ने हुन्छ जुन "Scanner" हो।

Package name को ठिक तल " import java.util.Scanner" लेख्नुहोस्।यसको अर्थ, हामीले Scanner class लाई हाम्रो प्रोग्राममा import गर्यौँ र अब हामी यसको मद्दतले user input लिन सक्छौँ। यदि हामीले यो क्लास import गरेनौँ भने compiler ले हामीले प्रयोग गरेको Scanner जाभाको Scanner class हो भनेर चिन्दैन र हाम्रो प्रोग्राम चल्दैन ।

यदि तपाईँलाई यसरी import java.util.Scanner लेख्न मन लागेन वा आएन भने Main function ("public static void main (String[] args) { ")  भित्र गएर Scanner लेख्नुहोस् तपाईँको मोबाईलको माथीपट्टी  एउटा सानो  बक्समा Scanner Option देख्नुहुन्छ । त्यो Scanner मा थिच्नुभयो भने Scanner class आफैँ import हुन्छ।




Main function भित्र लेख्नुहोस्:-

System.out.println("Please Enter your name: ");
Scanner  sc = new Scanner(System.in);

माथिको कोडमा पहिलो लाईन हामीले बुझीसकेका छौँ। यदि छैन भने यहाँ जानुहोस्।
 Scanner भनेको जाभा scanner class हो। sc चाही हामीले दिएको नाम हो , यो नाम जे पनि हुन सक्छ। System.in ले input जनाउँछ। अन्त्यमा सेमिकोलोन् ; नछुटाउनुहोला।

त्यसपछि हामीले user बाट कुन खालको डाटा लिने हो भनेर लेख्नुपर्छ।( Data types को बारेमा जान्न यहाँ थिच्नुहोस्।)
यो प्रोग्राममा हामीले नाम लिनु छ र नाम एउटा String भएकाले हामीले user सँग लिने डाटाको प्रकार (data type)  String हो ।

Scanner  sc = new Scanner(System.in); को ठिक मुनी लेख्नुहोस्:-
String name = sc.nextLine();

माथिको कोडमा String भनेको data type हो। name हामीले राखेको नाम हो र यो जे पनि हुन सक्छ। त्यसपछिको sc भनेको हामीले Scanner लाई दिएको नाम हो र nextLine() चाहीँ  User input को रुपमा user ले लेखेको सबै शब्द , अक्षर पाउनको लागि लेखिएको हो। त्यस्तै हामीले उमेर, मुल्य आदि user input को रुपमा पाउनका लागि sc.nextLine(); को साटो sc.nextInt(); लेख्नुपर्ने हुन्छ । Scanner class को बारेमा सम्पुर्ण जानकारी लिन यहाँ थिच्नुहोस्।

हामी लगभग अन्त्यमा छौँ। यहाँसम्म हामीले user को नाम पाईसकेका छौँ अब प्रिन्ट गर्न त एकदमै सजिलो छ।
तलको लाईन लेख्नुहोस्:-

System.out.println("Hello " + name);

माथीको कोडमा System.out.println ले प्रिन्ट गर्ने काम गर्छ। अब के प्रिन्ट गर्ने त भन्दा , "" भित्र  भएको String जस्ताको तस्तै प्रिन्ट हुन्छ। name भनेको String लाई दिएको नाम (माथीको String name = sc.nextLine(); बाट ) हो जसमा user को नाम हुन्छ ।  + ले Hello र user को नामलाई जोड्छ र एकै ठाउँमा प्रिन्ट गर्छ।

Scanner लाई बन्द गर्न sc.close(); लेख्नुहोस्।

यो प्रोग्रामलाई run गर्नुहोस्। मानौँ, user को नाम Suresh Dahal छ भने हाम्रो आउटपुट हुनेछ  Hello Suresh Dahal. यदि तपाईँले  माथिको लाईन (System.out.println("Hello " + name); )  लेख्दा Hello पछाडि "" भित्र नै एउटा space दिनुभएन भने तपाईँको output यस्तो हुनेछ:- HelloSuresh Dahal

पुरा कोड:-


package com.subitech.java.printusername;

import java.util.Scanner;

public class PrintUserName {

  public static void main(String[] args) {

    System.out.println("Please Enter Your Name: ");

    Scanner sc = new Scanner(System.in);
    String name = sc.nextLine();

    System.out.println("Hello " + name);
    sc.close();
  }
}


WOW! तपाईँले धेरै राम्रोसँग सिकिरहनु भएको छ। कृपया हार नमान्नुहोला।
जब तपाईँ प्रोग्रामहरु लेख्न थाल्नुहुन्छ नि, विद्या कसम भात खान पनि बिर्सनु हुन्छ।
केही समस्या भए जानकारी गराउनुहोला।
HAPPY CODING. HAVE A GOOD DAY