यदि तपाईलाई Data types आउँदैन भने पहिले  यहाँ गएर Data types को बारेमा हेर्नुहोला नत्र तपाईँले नबुझ्न सक्नुहुन्छ।


Scanner को मद्दतले:-
User input को रुपमा String लिनको लागि String name = sc.next(); लेख्नुपर्छ। यसरी input लिँदा यदि user ले आफ्नो पुरा नाम Suresh Dahal लेख्यो भने हाम्रो String ले उसको पहिलो नाम Suresh मात्र लिन्छ। (बुझ्नुभएन भने प्रोग्राम लेखेर हेर्नुहोस्) ।

package com.subitech.nepalese.scdotnext;

import java.util.Scanner;

public class scDotNect {

  public static void main(String[] args) {

    Scanner sc = new Scanner(System.in);

    System.out.println("Enter your name: ");
    String name = sc.next();

    System.out.println(name);
 
    sc.close();
  }
}

ध्यान दिनुहोला sc.next(); मा sc पनि हामीले दिएको नाम हो ("Scanner sc = new Scanner(System.in);" मा)  ।तपाईँले जुनसुकै नाम दिन सक्नुहुन्छ।
यदि तपाईँ उसको पुरा नाम लिन चाहानुहुन्छ भने sc.next(); को साटो sc.nextLine(); लेख्नुहोस्। यसो गर्दा उसले दिएको सबै अङ्क , अक्षर र संकेत आदि हाम्रो String ले लिन्छ।

त्यसैगरि पुरा नम्बर  (Integer) लिन " int number = sc.nextInt(); "  लेख्नुहोस्। यसमा int ले हामीले लिएको डाटा Integer हुनेछ भन्ने  जनाउँछ र जुनसुकै प्रोग्राममा पनि Integer लिन int लेख्नै पर्छ। त्यसपछिको number भनेको नाम हो , तपाईँले जुनसुकै नाम दिन सक्नुहुन्छ। त्यसपछि  हामी Integer  लिन चाहान्छौँ भने sc.nextInt(); लेख्नुपर्छ।

र  यसरी नै तपाईँले user बाट  जुन Data type लिनुपर्ने हो next पछि त्यही राख्नुपर्छ। जस्तै :-
floating number लिन nextFloat();
boolean लिन nextBoolean(); आदि।

Scanner को बारेमा केहि  समस्या , नबुझेका कुरा वा केही सल्लाह सुझाव भए सम्पर्क गर्नुहोला। धन्यवाद।

यदि तपाईँलाई पढ्न अल्छि लाग्छ भने खुसी हुनुहोस् । हामी छिट्टै youtube channel लिएर आउँदै छौँ, फरर नेपालीमा।