प्रोग्रामिङ्मा छुट्टा छुट्टै data हरु लाई छुट्टै तरिकाले handle गर्नुपर्ने हुन्छ। कुन डाटालाई कसरी handle गर्ने हो भनेर compiler लाई बुझाउन Data Types को प्रयोग गरिन्छ। साधारण भाषामा भन्दा प्रोग्रामिङ्मा प्रयोग हुने डाटाका प्रकारहरु नै Data types हो।


Java मा प्रयोग हुने Data types र त्यसको प्रयोग बिधि:-

1.) String:- यो character हरुको sequence हो। जस्तै:- Suresh, SuBi123 आदि। यसले अङ्क र अक्षर दुबै राख्न सक्छ तर यसमा राखिएका अङ्कहरुको जोड घटाउ यानी mathematical operation भने गर्न सकिँदैन। Java मा String प्रयोग यसरी गरिन्छ: String name = "Suresh Dahal";
त्यस्तै String myPhoneNumber = "9824008773";
यहाँ String एउटा data type हो , name हामीले राखेको नाम हो र  quotation mark "" भित्र रहेको Suresh Dahal चाहीँ हामीले data type String मा राखेको value हो। अन्त्यमा सेमिकोलोन् नछुटाउनु होला।


Java मा 8 ओटा premitive data types हुन्छन् । ति हुन्:-

2.) Integer :- यो Java मा प्रयोग हुने अर्को data type हो। यसले whole number जस्तै: 1, 2, -3 आदि मात्र राख्न सक्छ। यसमा भएका अङ्कहरुको mathematial operation गर्न सकिन्छ। Integer ले -2^31 देखि (2^31)-1 सम्मको value राख्न सक्छ। Java मा integer को प्रयोग यसरी गरिन्छ: int onePlusTwo = 3;
यहाँ int ले Integer लाई जनाउँछ। onePlusTwo हामीले राखेको नाम हो , तपाईँले जुनसुकै नाम दिन सक्नुहुन्छ। त्यसपछिको 3 हाम्रो value हो। यो value को mathematical operation गर्न सकिन्छ।

कृपया नझुक्किनु होला माथि लेखिएको नाम onePlusTwo ले 1 र 2 जोड्ने होईन , त्यो एउटा नाम मात्र हो। mathematical operation को बारेमा सम्पुर्ण जानकारी लिन यहाँ थिच्नुहोस्।

NOTE:- String मा नम्बर राख्दा quotation mark "" भित्र राख्नुपर्छ भने integer मा quotation mark बिना नै लेख्नुपर्छ।

String लाई Integer मा कसरी बदल्ने? यहाँ थिच्नुहोस्।

3.) boolean:- Java मा प्रयोग हुने अर्को data type हो boolean। यसले मात्र दुईवटा value राख्न सक्छ र ति हुन्: "ठिक" र "बेठिक" अथवा true र false । Java मा कुनै पनि बेला ठिक बेठिक वा छ छैन  भनेर छुट्याउनु परे boolean को प्रयोग गरिन्छ। जस्तै: रावण नाम गरेको कुकुरको मालिक छ भन्न  यसो गर्नु पर्छ :- boolean RawanHasOwner = true;
त्यसैगरी छैन भन्न boolean RawanHasOwner = false; लेख्नुपर्छ।
यहाँ, boolean भनेको data type हो । RawanHasOwner हामीले राखेको नाम हो र जे पनि राख्न सकिन्छ। त्यसपछिको true र false चाहीँ boolean को value हो। सेमिकोलोन ले statement सकियो भन्ने जनाउँछ।

4.) float:- float जाभामा प्रयोग हुने अर्को data type हो जसले floating point नम्बर राख्छ जस्तै:- 1.2, 44.4 आदि। दशमलब (.) भएका नम्बर राख्न यसको प्रयोग गरिन्छ। यो 32 bit floating point number हो। Java मा float को प्रयोग यसरी गरिन्छ: float totalPrice = 330.5f;

5.) byte: अर्को data type हो byet. यसले पनि   -128 देखि 127 सम्मको value राख्छ। यदि रावण नामको कुकुरको उमेर लेख्नु पर्यो भने यसको प्रयोग गर्न सकिन्छ। प्रयोग बिधि: byet age = 2;
यसमा age नाम हो।

6.) double: double जाभामा प्रयोग हुने अर्को data type हो यसले पनि floating point नम्बर राख्छ जस्तै:- 1.22, 44.44 आदि। दशमलब (.) भएका नम्बर राख्न यसको प्रयोग गरिन्छ। यो 64 bit floating point number हो। Java मा double को प्रयोग यसरी गरिन्छ: double totalMarks = 45.778;

यहाँ double = data type
totalMarks = हामीले दिएको नाम
45.778 = हामीले दिएको value हो।

NOTE:- float भन्दा double अलि accurate हुन्छ।
float  प्रयोग गर्दा value को अन्त्यमा F वा  long प्रयोग गर्दा value को अन्त्यमा L लेख्नुपर्छ।

7.) long:  त्यसैगरी  long पनि Java मा प्रयोग हुने एउटा data type हो।यसले पनि whole नम्बर राख्छ। यसले -2^63 देखि (2^63 ) -1 सम्मको  value राख्छ,  त्यसैले यो range भित्रको value राख्नुपरे हामी long को प्रयोग गर्छौँ।यसले लिने value को range लामो भएकैले यसको नाम पनि long हुन गयो।   प्रयोग बिधि: long myValue = 45L;

8.) Char:- Java मा प्रयोग हुने data type मध्ये character पनि एक  हो । यो unsigned integer हो। यसले एउटै मात्र character राख्न सक्छ। जस्तै: S, 1 आदि। प्रयोग बिधि:- char myFavChar = "A";

String ले  character हरुको Array बनाएर value  राख्छ।

9.)  short:- यो एउटा यस्तो data type हो जसले whole number लाई आफ्नो value को रुपमा लिन्छ । यसले -2^15 देखि (2^15) -1 सम्मको value मात्र लिन्छ । यसले लिने value को range छोटो भएकैले यसलाई short भनिएको हो। प्रयोग बिधि:- short myShortValue = 4;

ल है the end भयो । केही गुनासो भए छोडेर जानुहोला।