हामीलाई कहिले काहीँ बिभिन्न प्रयोजनका लागि एउटा data type अर्कै data type मा परिणत गर्नुपर्ने हुन सक्छ। त्यसबारे सम्पुर्ण जानकारी लिन यो पोष्ट अन्तिम सम्म पढ्नुहोला ।
String to Integer:-
ध्यान दिनुहोला यदि String मा number छ भनेमात्र त्यसलाई Integer मा परिणत गर्न सकिन्छ। नत्र हाम्रो प्रोग्राम चल्दैन। जस्तै:
String mark = "98"; छ भने त्यसलाई integer बनाउन सकिन्छ तर String text = "Apple"; छ भने त्यसलाई integer बनाउन सकिँदैन।
तरिका:-
1. String marks = "65";
2. int marksAsInt = Integer.parseInt(marks);
यति लेख्दा String लाई integer बनाउन सकिन्छ ।
कसरी?
यहाँ पहिलो लाईन String मा छ जसलाई हामीले integer बनाउनु छ । दोस्रो लाईनमा int ले Integer जनाउँछ। (अझै जान्न यहाँ थिच्नुहोस्।) त्यसपछिको marksAsInt त हामीले दिएको नाम हो। त्यसपछि String लाई integer बनाउन Integer.parseIntलेख्नुपर्छ र parseInt पछिको parenthesis () भित्र जुन String लाई integer मा परिणत गर्ने हो त्यसैको नाम लेख्नुपर्छ।
त्यसैगरी:-
String लाई double मा परिणत गर्न:
1. String percentage = "34.678";
2. double percentInDouble = Double.parseDouble(percentage);
String लाई float मा परिणत गर्न:
1. String percentage = "34.678";
2. float percentInFloat = Float.parseFloat(percentage);
तलको कोड हेर्नुहोस्:-
package com.subitech.java.conversion;
public class strCvn {
public static void main(String[] args) {
String name = "11335";
int a = Integer.parseInt(name);
System.out.println(a);
float b = Float.parseFloat(name);
System.out.println(b);
double c = Double.parseDouble(name);
System.out.println(c);
long d = Long.parseLong(name);
System.out.println(d);
short e = Short.parseShort(name);
System.out.println(e);
byte f = Byte.parseByte(name);
System.out.println(f);
short g = Short.parseShort(name);
System.out.println(g);
}
}
यहाँ हामीले एउटा String लाई अरु विभिन्न data type मा परिणत गरेका छौँ। अब यसलाई रन गर्दा यस्तो आउटपुट आउँछ।
यहाँ तपाईँले देख्न सक्नुहुन्छ एउटा error आएको छ । हाम्रो प्रोग्रामले NumberFormatException को error दिएको छ । यसको अर्थ हाम्रो String लाई byte मा परिणत गर्न सकिएन र त्यसपछिको प्रोग्राम पनि रोकिएको छ अथवा terminate भएको छ।(short g को value print भएको छैन)। यदि कुनै बेला यस्तो error आयो भने त्यसलाई यसरी handle गर्न सकिन्छ:-
कोड "byte f = Byte.parseByte(name);
System.out.println(f);" लाई try catch ले घेर्नुहोस्।
try {
byte f = Byte.parseByte(name);
System.out.println(f);
} catch (Exception exception) {
System.out.println(exception);
}
यस्तो गर्दा error दिने exception प्रिन्ट हुन्छ र हाम्रो प्रोग्राम अचानक रोकिन यानी terminate हुन बाट बचाउँछ र त्यो भन्दा पछाडिको प्रोग्राम पनि run हुन्छ। तलको फोटोमा हेर्नुहोस्।
पुरा कोड:-
package com.subitech.java.conversion;
public class strCvn {
public static void main(String[] args) {
String name = "11335";
int a = Integer.parseInt(name);
System.out.println(a);
float b = Float.parseFloat(name);
System.out.println(b);
double c = Double.parseDouble(name);
System.out.println(c);
long d = Long.parseLong(name);
System.out.println(d);
short e = Short.parseShort(name);
System.out.println(e);
try {
byte f = Byte.parseByte(name);
System.out.println(f);
} catch (Exception exception) {
System.out.println(exception);
}
short g = Short.parseShort(name);
System.out.println(g);
}
}
Try-catch बारे मजाले बुझ्न यहाँ थिच्नुहोस्। यो कोडले कसरी काम गर्छ भनेर यहीँ लेखिएको छ।
यसरी नै डाटा टाइपलाई एक बाट अर्को रुपमा परिणत गर्न सकिन्छ। केही समस्या भए comment वा contact form बाट जानकारी गराउनु होला ।
Happy coding.


0 Comments