Java मा कुनैबेला Exception आउन सक्छ र त्यसले हाम्रो प्रोग्रामलाई terminate गरिदिन्छ। त्यस्तो अवश्थामा प्रोग्रामलाई terminate हुन नदिन  अथवा आएको Exception लाई Handle गर्न जुन लाईनको कोडले   Exception दिन्छ त्यो लाईनलाई try-catch ले घेर्नुपर्ने हुन्छ। कुन लाईनले Exception दिएको हो भनेर compiler ले जानकारी दिन्छ। तलको फोटो हेर्नुहोस्।




माथीको फोटोमा Java N-IDE को Editor देखाइएको छ जसमा हामीले String लाई byte मा बदल्ने प्रयास गरेका छौँ र त्यसपछि आफ्नो नाम प्रिन्ट गरेका छौँ। यदि तपाईँलाई आउँदैन भने यहाँ हेर्नुहोला, हामीले यो कुरा सिकीसकेका छौँ।
अब हामीले यस प्रोग्रामलाई रन गर्दा यस्तो output आयो:



यसमा प्रष्ट देखिएको छ कि हाम्रो प्रोग्राम चल्न सकेन तसर्थ compiler ले रातो अक्षरमा error देखायो। साथै कहाँनेर error भयो त्यो पनि देखाईदिएको छ, त्यो औलाले देखाएको ठाउँमा हेर्नुहोला। साथै हाम्रो प्रोग्राम terminate भइसकेको छ त्यसैले हाम्रो नाम प्रिन्ट भएन।

कसरी पढ्ने error message?

Error message मा सबैभन्दा पहिले के भएको हो त्यो लेखिएको हुन्छ। अहिलेको प्रोग्राममा java.lang.NumberFormatException को error आएको भनेर लेखिएको छ र साथै किन आयो पनि लेखिएको छ । त्यसपछि तल आफ्नो package name खोज्नुहोस् र पुरा लाईन् पढ्नुहोस्, error कहाँनेर बाट आएको हो भन्ने कुराको जानकारी त्यहीँ हुन्छ। अहिलेको प्रोग्राममा TryCatch.java:8 लेखिएको छ जसको अर्थ TryCatch.java को लाईन नम्बर 8 बाट error आएको छ।

अब हामीले बुझ्नुपर्छ की हाम्रो प्रोग्रामको लाईन नम्बर 8 मा गढबढ छ, जुन लाईनमा हामीले string लाई byte मा बदल्न खोजेका छौँ।समाधानका लागि  लाईन 8 लाई try catch ले घेर्नुहोस् तल दिईएको फोटोमा जस्तै। अब हाम्रो प्रोग्राम रन गर्दा error आएर हाम्रो प्रोग्राम terminate हुँदैन, Error प्रिन्ट हून्छ  र तपाईँको नाम प्रिन्ट हुन्छ।





ध्यान दिनुपर्ने कुराहरु:-
1.) try पछि मझौला ब्राकेट { } भित्र error दिने लाईनको प्रोग्राम राख्नुपर्छ।
2.) try पछिको closing curly ब्राकेट  }  पछाडि catch() लेख्नुपर्छ।
3.) catch को parenthesis " ()" भित्र प्रोग्रामले दिएको Exception ( यो प्रोग्राममा NumberFormatException)  लेखेर एउटा space छोडि त्यसलाई हामीले एउटा नाम दिनूपर्छ। जस्तै: e

Note: माथिको screenshot मा catch block भित्र Exception मात्र लेखिएको छ तर त्यो Exception को ठाउँमा प्रोग्रामले दिएको Exception नै राख्नुपर्छ । त्यसैले:-
catch (NumberFormatException e) हुन्छ।
4.) catch को closing bracket ")" पछाडि फेरी curly bracket  {} लेख्ने।
5.) त्यसभित्र प्रोग्रामले दिएको  Exception लाई के गर्ने हो त्यही लेख्नुपर्छ। मैले exception लाई प्रिन्ट गर्न चाहेँ ।तसर्थ: System.out.println(e); लेखेँ ।
ध्यान दिनुहोला:-यहाँ println() भित्र Exception लाई हामीले  दिएको नाम e लेख्दा quotation mark " " लेख्नुहुँदैन अन्यथा Exception को साटो तपाईँले दिएको नाम e प्रिन्ट हुन्छ।

समस्या पाल्नुहुँदैन। त्यसैले केही समस्या भए यसो कमेन्ट बक्स तिर झट्टारो हानेर जानुहोला समाधान दिने जिम्मा मेरो।
Happy coding.