Hacker भनेको थाहा छ ? छैन भने यहाँ हेर्नुहोस्।
Hacking भनेको के हो? थाहा छ?
Hacking भनेको फिल्ममा देखाए जस्तो हुँदैन। ह्याकिङ् फिल्ममा देखाए जस्तो छिटो पनि हुँदैन। एउटा ह्याकरले कुनैपनि सिस्टम ह्याक गर्नुभन्दा अगाडी त्यो सिस्टमको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुपर्ने हुन्छ। त्यो सिस्टम कसरी बनेको हो, त्यस सिस्टम भित्र के के टेक्नोलोजी चलिरहेको छ, ति टेक्नोलोजीहरु नयाँ हुन् की पुराना जस्ता सबै कुरा थाहा पाउन केही समय लाग्छ र यसको लागि सबै टेक्नोलोजी, जुन तपाईँले ह्याक गर्न खोजेको सिस्टममा प्रयोग भएको हुन्छ, त्यसबारे पनि गहिरो ज्ञान जरुरी हुन्छ। यसरी कुनैपनि कम्प्युटर सिस्टमको बारेमा जानकारी लिने कामलाई फुटप्रिन्टिङ् (foot printing) भनिन्छ। यो ह्याकिङ्को पहिलो चरण हो।
त्यसपछि ह्याकरले सिस्टम स्क्यान (scan) गरेर सिस्टमका कमजोरीहरु र त्यो सिस्टममा पस्ने बाटोहरु खोज्छ। यो चरणलाई Scanning भनिन्छ। सिस्टममा भएका यस्ता कमजोरी जसले ह्याकिङ् सम्भव बनाउँछ, त्यसलाई vulnerability भनिन्छ।
यसरी सबै कुरा थाहा पाएपछि ह्याकिङ् सुरु हुन्छ। black hat ह्याकरले ह्याक गर्छन्, डाटाहरु चोरी जासुसी गर्छन् र फेरी पनि चोरी गर्न आउन सजिलो होस् भनेर सिस्टममा back door राख्छन् भने white hat ले सिस्टम सुरक्षित छ कि छैन जाँच गर्छन् र रिपोर्ट तयार गरेर सिस्टमको मालिकलाई बुझाउँछन्।
त्यसपछि ह्याकरले आफु भित्र पसेको र त्यहाँ गरेका सम्पुर्ण कामको प्रमाण नष्ट गर्छ तसर्थ उ कसरी भित्र छिर्यो र के के गर्यो कसैले थाहा पाउँदैन।

0 Comments