को हो ह्याकर(Hacker)? ह्याकर कति किसिमका हुन्छन्? के सबै ह्याकर खराब हुन्? जस्ता सबै प्रश्नको जवाफ यहाँ हेर्नुहोस्।
नमस्कार SuBi Tech Nepal मा तपाईँलाई स्वागत छ। आज हामी कुरा गर्छौँ ह्याकरको बारेमा।
के हो ह्याकिङ्(hacking)?
ह्याकिङ् अहिलेको डिजिटल युगको एक अभिन्न अङ्ग हो।
साधारण भाषामा भन्दा यदि कसैले तपाईँको घरको ताला साँचो बिना नै खोल्छ भने त्यो ह्याकिङ् हो। ह्याकिङ् भन्ने बित्तिकै तपाईँको दिमागमा अँध्यारो कोठा, ठुला ठुला कम्युटर, रोबोटिक आवाज(टुँ टुँ टुँ, ट्यार ट्यार, कच्याक कुचुक, Access Denied, Access Granted etc), मास्क र टोपी लगाएको मान्छे र अपराध मात्र आउँछ होला तर त्यस्तो होइन। ह्याकर मास्क लगाएर ठुला कम्प्युटर अगाडि बस्ने मात्र नभएर एउटा साधारण थोत्रो ल्यापटप चलाउने र टाई सुट नलगाउने पनि हुन्छन्।
को हो ह्याकर?
ह्याकिङ् गर्ने व्यक्तिलाई ह्याकर भनिन्छ। मैले भनिसकेँ ह्याकर ठुला ठुला कम्प्युटरको अगाडि बस्ने, मास्क लगाउने मात्र नभई एउटा सर्वसाधारण पनि हुन्छ। ह्याकर धेरै खालका हुन्छन्। कुनै खराब हुन्छन् भने कुनै सज्जन् हुन्छन्। सज्जन र खराब दुवै ह्याकरको धन र ज्ञान धेरै हुन्छ।
धेरै किसिमका ह्याकर मध्ये तिन प्रमुख यसप्रकार छन्:-
1) White Hat Hacker:-
White hat hacker सज्जन ह्याकर हो। यसले कुनैपनि सिस्टमलाई कसरी ह्याक गर्न सकिन्छ भनेर research गर्छ र त्यसलाई ह्याक हुनबाट बचाउँछ। साधारण भाषामा भन्दा:-
मानौँ, खराब ह्याकर चोर हो र सिस्टम तपाईँको घर। यदि त्यो चोरले तपाईँको घरको पछाडिबाट वा कतैबाट छिरेर चोरी गर्न सक्छ भने तपाईँको घर vulnerable (ह्याक हुने खालको) छ।
के कारणले चोर छिर्न सिक्यो? घर बनाउँदाको खराबी हो कि? पछि भत्किएको (चोर छिर्ने दुलो परेको) र तपाईँले बेवास्ता गरेको हो कि? आग्लो कमजोर भएर पो हो कि? यि यस्ता कारणहरु जसले तपाईँको घरलाई कमजोर, चोर छिर्न सक्ने (ह्याक हुने) बनाउँछ। त्यस्ता कारणहरु खोजेर चोर छिर्ने दुलो कसरी टाल्ने त्यो white hat hacker लाई थाहा हुन्छ र उसको काम पनि त्यही हो।
2) Black Hat Hacker:-
यो फटाहा ह्याकर हो। यसले पनि white hat ले जस्तै चोर छिर्ने बाटो खोज्छ, त्यही बाटोबाट भित्र छिरेर तपाईँको घरमा चोरी, जासुसी गर्छ। जब उसलाई चाहिने मात्रामा मालसामान वा जानकारी मिल्छ तब उ त्यहाँबाट निस्किन्छ। निस्किएर जाँदा जाँदै उसले अर्को चोटि तपाईँको घरमा चोर्न आउँदा सजिलो होस् भनेर उसको लागि एउटा छुट्टै ढोका/बाटो बनाएर जान्छ र त्यो ढोका तपाईँले सजिलै नदेख्न पनि सक्नुहुन्छ। त्यस्तो ढोकालाई backdoor भनिन्छ।
Black hat hacker ले तपाईँलाई धेरै हानी पुर्याउँछ। उसले पैसा, मनोरञ्जन् आदिको लागि अर्कालाई हानी पुर्याउँछ। प्राय black hat ह्याकरको वास्तविक नाम , थर , ठेगाना आदि गोप्य हुन्छ।
3) Grey Hat Hacker:-
Grey hat hacker ले उसको आवश्यकता र मुड अनुसार white hat र black hat दुवैको काम गर्छ।
ह्याकर अन्य किसिमका पनि हुन्छन् तर यि तिनओटा चाहीँ प्रमुख हुन्।
अहिले प्राय किशोर किशोरीहरु "script kiddie" छन्। यो पनि एउटा ह्याकर कै प्रकार हो। script kiddie ले अरुको script/tools प्रयोग गरेर ह्याक गर्छन्। उनीहरु कुनैबेला सफल हुन्छन् भने कुनै बेला हुँदैनन्। उनीहरु ह्याकिङ् त गर्छन तर कसरी ह्याक गरियो उनीहरुलाई थाहा हुँदैन।
This much for today. Drop your queries if any. Thank you.

0 Comments