नमस्कार SuBi Tech Nepal मा तपाईँलाई स्वागत छ। आज हामी कुरा गर्ने छौँ pseudo code को बारेमा।

के हो pseudo code?
Pseudo code यस्तो कोड हो जसले हामीलाई प्रोग्रामिङ्मा धेरै ठुलो सहयोग गर्छ। यो एउटा blue print जस्तै हो। यदि हामीले blue print या नक्सा बिना घर बनाउन थाल्यौँ भने काम ढिलो र अलि गाह्रो हुन सक्छ। त्यस्तै हामीले चाहेको जस्तो घर नबन्न पनि सक्छ। त्यसरी नै pseudo code बिना एउटा beginner level को programmer ले program लेख्न थाल्यो भने गाह्रो हुन्छ, कुन प्रोग्राम कसरी लेख्ने थाहा नै हुँदैन र सोचे जस्तो आउटपुट नआउन पनि सक्छ। त्यसैले प्रोग्राम लेख्नुभन्दा अगाडि pseudo code लेख्न जरुरी छ।

कसरी लेख्ने pseudo code?
Pseudo code लेख्न त्यति गाह्रो छैन। यसमा प्रोग्रामको सुरुदेखि अन्तिम सम्म कहाँ के कसरी गर्ने हो भनेर साधारण भाषा (अंग्रेजी/नेपाली) को प्रयोग गरेर बुँदागत रुपमा लेख्नुपर्छ। तलको उदाहरण हेर्नुहोस्:-

यो भन्दा अगाडि पोष्ट गरिएको if else प्रोग्राममा पनि pseudo code प्रयोग गरिएको थियो। यहाँ हेर्नुहोस्।

यहाँ  पनि हामी if else प्रोग्रामकै उदाहरण हेर्छौँ तर यो चोटि अलिकति  Advance प्रोग्राम लेख्ने छौँ। ध्यान दिनुहोला।

Pseudo code:-
1) युजरलाई हेल्लो भन्ने
2) युजरलाई नाम लेख्न लगाउने
3) युजरलाई उमेर हाल्न लगाउने र स्क्यानर क्लास बन्द गर्ने
4) 18 सँग तुलना गरेर भोटर नन् भोटर छुट्याएर प्रिन्ट गर्ने
5) उमेर 1 भन्दा सानो र 100 भन्दा ठुलो छ भने "Ghosts are non voter" भन्ने। किनकी त्यति उमेर भएको मान्छे कम नै हुन्छन्। त्यहि पनि यो उदाहरणमात्र हो।
6) उमेर 80 देखि 100 छ भने "You are senior voter" भन्ने
7) रन गर्ने।

यो pseudo code हेरेपछि कहाँ के गर्ने हो सबै थाहा हुन्छ। एक एक लाईनलाई प्रोग्राममा परिणत गर्यो भने काम छिटो छरितो हुनुका साथै हामीलाई प्रोग्राम लेख्न सजिलो हुन्छ।

एक एक बुँदालाई प्रोग्राममा परिणत गर्नुहोस्। तलको जस्तै प्रोग्राम बन्ने छ।