SuBi Technologies Nepal मा तपाईँलाई स्वागत छ।

आज हामी कुरा गर्ने छौँ if statement वा if-else को बारेमा। अन्तिम सम्म पढ्नुहोस् र नबुझेका केही कुरा भए हामीलाई सम्पर्क गर्नुहोस्। तपाईँलाई अल्छि नलागोस् भनेर सकेसम्म थोरै शब्दमा धेरै ज्ञान अटाउने प्रयास गरेका छौँ।

यदि तपाईँ यो वेबसाइटमा नयाँ हुनुहुन्छ र यो भन्दा अगाडिका java programming आर्टिकल पढ्नु भएको छैन भने पहिले यहाँ गएर पढ्नुहोला नत्र तपाईँले केही पनि बुझ्नुहुन्न।


If statement कतिबेला प्रयोग गर्ने?
जब आवश्यक पर्छ तब गर्ने।
Joking रे..।
जब तपाईँले कुनै पनि condition अनुसारको आउटपुट दिनुपर्ने वा काम गर्नुपर्ने हुन्छ तब if statement को प्रयोग गर्नुपर्ने हुन्छ। जस्तैः user लाई उमेर लेख्न लगाएर उसले भोट दिन पाउँछ कि पाउँदैन भन्ने आउटपुट दिने प्रोग्राम बनाउनु पर्यो भने if statement को प्रयोग गरिन्छ।

यो आर्टिकलको अन्त्यमा हामी त्यस्तै प्रोग्राम लेख्ने छौँ।

If statement तपाईँले अंग्रेजीमा पनि पढ्नु/लेख्नु भएको छ जस्तै(if weather is cold, wear jacket) । त्यसैले यसको परिभाषा दिन जरुरी छैन। प्रोग्रामिङ्गमा पनि if statement अंग्रेजीको जस्तै हुन्छ। तलको कोड हेर्नुहोस्:-

if (condition) {
//do something when condition is true
} else {
//do something when condition is false

के तपाइँले माथिको प्रोग्राम बुझ्नुभयो?
यहाँ, if पछाडिको parenthesis "( )" भित्र रहेको "condition" एउटा boolean हो। त्यसपछिको मझौला ब्राकेट "{ }" मा parenthesis भित्र राखेको boolean (condition) को value true हुँदा के गर्ने हो त्यो लेख्नुपर्छ र यदि condition/boolean को value false भएमा के गर्ने हो त्यो चाहीँ else पछाडिको मझौला ब्राकेट "{ }"  भित्र लेख्नुपर्छ।

एक भन्दा बढि condition भएमा के गर्ने?
यदि तपाईँको प्रोग्राममा एक भन्दा बढि condition छ भने के गर्ने? त्यस्तो बेलामा तपाईँले if र  else को बिचमा "else if" प्रयोग गर्नुपर्ने हुन्छ। तलको कोड हेर्नुहोस्:-

//start of code
if (condition) {
//do something when condition is true
} else if (anotherCondition) {
//do something when another condition is true
} else {
//do something when both conditions are false
}

//end of code

अझ प्रष्ट हुन यो फोटो हेर्नुहोस्।



ल अब सुरुमा भनेको प्रोग्राम बनाउँ है त!!

Pseudo code:- ( pseudo code को बारेमा जान्न यहाँ थिच्नुहोस्।)

1. User लाई "आफ्नो उमेर हाल्नुहोस्" भन्ने
2. User ले हालेको उमेर Integer data type मा लिने
3. User को उमेर if statement प्रयोग गरी 18 बर्षसँग तुलना गर्ने। किनकी 18 बर्ष पुगेका वा कटेकाले मात्र भोट हाल्न पाउँछन्।
4. यदि युजर 18 बर्ष वा सो भन्दा बढिको भए "तपाईँले भोट हाल्न पाउनुहुन्छ" भन्ने नत्र पाउनुहुन्न भन्ने।

पुरा कोड:- (text मा)

पुरा कोड:- (फोटोमा)



धन्यवाद।। प्रतिक्रिया दिएर जानुहोला।